‘केजीएफ’ स्टार यश फेरि बाबु बन्दै « Khabarhub

‘केजीएफ’ स्टार यश फेरि बाबु बन्दै


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘केजीएफ’ स्टार यश र उनकी पत्नी राधिका पण्डितलाई हालै सन्तान प्राप्त भएको थियो । केही महिनापहिले यी दुई बाबुआमा बन्ने अवसर पाएका थिए ।

यसको केही समय नबित्दै यशले आफ्नी पत्नी फेरि गर्भवती भएको जानकारी दिएका छन् । यो खबरले केही फ्यानले यशलाई हतारिएको भन्ने प्रतिक्रिया दिएका छन् ।

यशले भिडियो बनाएर आफू फेरि बाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले आफ्नी छोरीका माध्यमबाट दोस्रो सन्तानबारे जानकारी दिएका छन् । भिडियोको क्याप्सनमा यशले लेखेका छन् – वाइजीएफ च्याप्टर दुई ।

भिडियोमा उनकी सानी छोरी आर्याका तस्वीरलाई स्लाइड गरी देखाइएको छ । भिडियोका माध्यमबाट यश फेरि बाबु बन्न लागिएको सन्देश दिइएको छ ।

यश गत डिसेम्बरमा बाबु बनेका थिए । उनले पहिले पनि एक भिडियो शेयर गर्दै पत्नी गर्भवती भएको जानकारी दिएका थिए ।

फिल्मको कुरा गर्ने हो भने यश ‘केजीएफः च्याप्टर १’ मा देखिएका थिए । यसको दोस्रो भाग रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १ : ५१ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु