ओरालो लागेको शाहिदको करिअरलाई ‘कबीर सिंह’ ले राहत दिएको हो ? « Khabarhub

ओरालो लागेको शाहिदको करिअरलाई ‘कबीर सिंह’ ले राहत दिएको हो ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले जस्तो सफलता पाइरहेको छ, त्यो सफलता शाहिद कपूरले यसअघि अनुभव गर्न पाएका थिएनन् । शाहिदले लामो समय फिल्म क्षेत्रमा काम गरे । तर, कमै फिल्मले मात्र उनलाई चिनायो । भलै शाहिदलाई राम्रो अभिनय गर्ने अभिनेता पनि भन्ने गरिन्छ ।

राम्रो फिल्म दिएर पनि सफलता खासै हात नपारेका शाहिदलाई ‘कबीर सिंह’ ले भने गज्जबको प्रतिक्रिया दिएको छ । फिल्मले बक्स अफिसमा २ सय करोड सजिलै कमाउने अनुमान गरिएको छ । यहाँसम्म कि, शाहिदको फिल्ममध्ये ‘कबीर सिंह’ करोड क्लबमा पुग्ने पहिलो फिल्म बन्न पुगेको छ । २८ फिल्मपछि शाहिदले यो सफलताको स्वाद चाखेका हुन् ।

यो सफलताका लागि शाहिदले झण्डै १६ वर्ष कुर्नुपर्‍यो ।

शाहिद कपूरले ‘इश्क–विश्क’ बाट बलिउडमा कदम राखेका थिए । यो फिल्म सन् २००३ मा रिलिज भएको थियो । ‘कबीर सिंह’ लाई शाहिद कपूरको डुब्दै गरेको करिअरमा इट्टा थपेको एक फिल्मका रुपमा हेरिएको छ । यो फिल्मपछि शाहिदका फ्यान फलोइङ झनै थपिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ५९ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु