सांसद शान्ता चौधरीले भन्दा अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् धेरै अंक | Khabarhub Khabarhub

सांसद शान्ता चौधरीले भन्दा अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् धेरै अंक


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत वर्ष सञ्चालित एसईई को परीक्षाफल प्रकाशित भएको छ ।

गत वर्ष चैतमा सञ्चालित एसईईमा सेलिब्रेटी पनि सहभागी थिए जसमध्ये सांसद शान्ता चौधरी र करिश्मा मानन्धर हुन् ।

विहीवार सार्वजनिक भएको नतिजा अनुसार सांसद चौधरीले बी ग्रेड ल्याएकी छिन् । उनले २.६५ जीपीए ल्याएकी छिन् । यस्तै करिष्मा मानन्धरले बी प्लसले ग्रेड ल्याएकी छिन् । उनले ३ जीपीए ल्याएकी हुन् ।

यस वर्षको नतिजा अनुसार  जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ ।

त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६० विद्यार्थीमा छात्रको संख्या २७२७९ र छात्राको संख्या २१६८१ रहेको छ । जीपीए २.८०–३.२० सम्म ल्याउने कूल ६०७०६ विद्यार्थीमध्ये छात्रको संख्या ३४१६६ र छात्राको संख्या २६५४० रहेको छ ।

त्यस्तै, जीपीए २.४०–२.८० सम्म ल्याउने कूल ७४११० विद्यार्थीमध्ये कुल छात्र–३९०९५ र छात्रा– ३५०१५ रहेका छन् । जीपीए २.००–२.४० सम्म ल्याउने कूल ९७२९९ मध्ये छात्र ४५७८९ र छात्रा ५१५१० रहेका छन् ।

त्यसैगरी, जीपीए १.६०–२.०० सम्म ल्याउने कूल ९५२०९ मध्ये छात्र ४२८८३ र छात्रा ५२३२६ छन् भने जीपीए १.२०–१.६० ल्याउने कूल ४३८४० विद्यार्थीमध्य कूल १९१३३ छात्र र २४७०७ छात्रा रहेका छन् ।

त्यस्तै, ०.८०–१.२० जीपीए ल्याउने कूल ४४२९ विद्यार्थीमध्ये छात्र १८६६ छन् भने छात्राको संख्या २५६३ रहेको छ ।

जीपीए ०.८० भन्दा कम ल्याउने कूल ८२०७ विद्यार्थी रहेका छन् । जसमा छात्रको संख्या ४२२५ छ भने छात्राको संख्या ३९८२ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : २६ बजे

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार

बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी

जनकपुर– धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला  

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको