उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता « Khabarhub

उत्तर कोरियामा अष्ट्रेलियन नागरिक बेपत्ता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– उत्तर कोरिया भ्रमणमा रहेका एक अष्ट्रेलियन नागरिक बेपत्ता भएको परिवारले जनाएका छन् ।

पारिवारिक श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार अष्ट्रेलियन विद्यार्थी अलेक सिग्ले गत मंगलबारबाट बेपत्ता छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा गत मंगलबार सिग्लेसँग अन्तिम कुराकानी भएपनि बिहीबारसम्म उनीबारे केही जानकारी प्राप्त हुन नसकेको अष्ट्रेलियन अधिकारीले जनाएका छन् ।

उनका साथीहरुले उनी हराएको जानकारी गराएपनि उनलाई पक्राउ गरी बन्दी बनाइएको वा उनी कुनै समस्यामा परेकोबारे उत्तर कोरियाबाट कुनै जानकारी प्राप्त भइनसकेको पारिवारिक श्रोतले जनाएको छ ।

उनी उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत रहेको र सन् २०१२ यता नियमित रुपमा उत्तर कोरियाको भ्रमणमा जाने गरेको बताइएको छ ।

यद्यपि अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले भने उनलाई बन्दी बनाइएको जानकारी प्राप्त भएको जनाएको छ । यसबारे अष्ट्रेलियाको सरकारले उत्तर कोरियासँग आफ्ना नागरिकको अवस्थाबारे स्पष्टीकरण सोधेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले विदेशी बन्दीलाई निकै प्रताडित बनाउने गरेको बताइन्छ । उत्तर कोरियाले बन्दी बनाएका अमेरिकी नागरिक ओटो वार्मबियरको सन् २०१७ मा मृत्यु भएपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै चिसिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ५८ बजे

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि