बर्खा लागिसक्दा समेत घर नबनेपछि बाराका हावाहुरी पीडित चिन्तित « Khabarhub

बर्खा लागिसक्दा समेत घर नबनेपछि बाराका हावाहुरी पीडित चिन्तित


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पीडीतले असन्तुष्टि जनाएका छन् ।

नेपाली सेनाले प्रभावितहरुका लागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ ।

पहिलो अनुगमन निरीक्षणमा सबै पीडीतको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो । अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एकाघरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पीडीत समस्यामा परेका हुन् ।

बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएकोमा हाल फिल्डमा ‘भेरिफिकेसन’ टोली जाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ । कलैया उपमाहानगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउदै आएको छ ।

अध्यक्ष अम्बिका प्रसाद यादवले जग्गा नभएकाका लागि सरकारले जग्गा उपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केही गर्न नसक्ने बताए । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । नेपाली सेनाले साउन मसान्तसम्म सबै ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ३४ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको