९२ वर्षीय ट्युनिशियाका राष्ट्रपति गम्भीर बिरामी « Khabarhub

९२ वर्षीय ट्युनिशियाका राष्ट्रपति गम्भीर बिरामी


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिश– ट्युनिशियाका राष्ट्रपति बेजी सइद एस्सब्सीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

९२ वर्षे राष्ट्रपतिको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई राजधानी ट्युनिशमा रहेको सैनिक अस्पतालमा भर्ना गरिएको हो । सन् २०११ मा भएको क्रान्तिपछि मुलुकको राजनीतिको सबैभन्दा प्रमुख पात्रका रुपमा रहेका उनको अवस्था निकै गम्भीर रहेपनि उनी जिवित नै रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि स्थानीय सञ्चारमाध्यममा उनको निधन भएको हुनसक्ने समाचर सार्वजनिकक भएको थियो ।

उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे केही खुलाइएको छैन । यसैसाता पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसबेला उनको स्वास्थ्यमा सामान्यमात्र गडबडी भएको जनाइएको थियो ।

तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीको सत्ता ढलाएको सन् २०११ को क्रान्तिपछि उनी त्यहाँको सम्मानित राजनेताका रुपमा रहँदै आएका थिए । बेन अलीको सत्ता ढलेलगत्तै उनी त्यहाँको प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसको तीन वर्षपछि भएको निर्वाचनबाट उनी राष्ट्रपतिको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : ०२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले