'जागरण अभियानले काङ्ग्रेसभित्र थप जागरण’ | Khabarhub Khabarhub

‘जागरण अभियानले काङ्ग्रेसभित्र थप जागरण’


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले जागरण अभियानले संगठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् ।

पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी संगठन विस्तारमा थप बल पुर्‍याएको बताए । “पार्टीले पहिलो चरणमा सञ्चालन गरेको जागरण अभियानले पार्टीको संगठन विस्तारमा थप बल पुर्‍याएको छ”, उनले भने ।

सभापति देउवाले विसं २०४८ पछि पार्टीले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको बताउँदै जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको राय सुझावलाई ग्रहण गरेर आगामी दिनमा पार्टी अगाडि बढ्ने बताए ।

पार्टीका उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा सशाङ्क कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादवलगायतले जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले दिएको राय सुझावबारे आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरिने बताए ।

पार्टीको संगठन विस्तारका लागि राम्रो रायसुझाव आएको भन्दै आगामी दिनमा उक्त रायसुझावलाई समावेश गरेर अगाडि बढ्ने उनीहरुको भनाइ थियो । बुधबारबाट शुरु भएको छलफल तथा अन्तक्र्रियामा बुधबार २६ तथा आज ५४ केन्द्रीय प्रतिनिधिले आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा छलफल भएको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रुपमा गोरखा खटिनुभएका नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

अभियानका क्रममा कांग्रेसले एक महीनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । पार्टीले दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३१ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित