योगा तथा ध्यान गर्नुका फाइदै-फाइदा, तपाई पनि शुरु गर्ने कि ? « Khabarhub

योगा तथा ध्यान गर्नुका फाइदै-फाइदा, तपाई पनि शुरु गर्ने कि ?


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगा तथा ध्यान गर्नु मानव स्वास्थका लागि निकै लाभदायक मानिन्छ । बिहानको समयमा योग गरेर स्वास्थ्य रहन जो कोही चाहान्छ ।

तपाई‌ंको ध्यान तथा योगा गर्ने बानी छ भने दैनिकी सहज रुपमा बिताएको महशुस पक्कै गर्नुभएको होला । यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ ।  खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं । यस्ता छन् फाइदा-

ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सकारात्मक भावनाको विकास हुन्छ ।

मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ ।

तनाव नियन्त्रण गर्छ ।

पारिवारिक सद्भाव बढ्छ ।

ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १२ : ३४ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा