फिलिपिन्समा शक्तिशाली भूकम्प : ८ को मृत्यु, ६० बढी घाइते « Khabarhub

फिलिपिन्समा शक्तिशाली भूकम्प : ८ को मृत्यु, ६० बढी घाइते


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् । ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको हो ।

शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५. ४ र ५. ९ म्याग्निट्युडको भूकम्प गएको हो। उक्त प्रान्तमा कैयौँ टापु छन्। मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका छन्।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।

एकजना प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई भने, “मैले घरहरू हल्लिरहेको देखेँ। केही घरका पर्खाल ढले र मानिसहरू च्यापिए।”

“बिहानको मीठो निद्रामा भएकाले भाग्न नपाएर केही मानिसहरूले ज्यान गुमाए।” फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका तस्वीरहरूमा घरहरू भग्नावशेषमा परिणत भएको देखिन्छ।

फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्छ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : १४ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको