हामी साथ दिन्छौँ तिमी अघि त बढ् | Khabarhub Khabarhub

हामी साथ दिन्छौँ तिमी अघि त बढ्



असल काम गर तिमी हौसला तिमीलाई हामी दिन्छौ!
देश समृद्द पार है अनि सकेको साथ र सहयोग पनि दिन्छौ!!

प्रतिपक्षी पनि अब तिमी उत्कृष्ट भूमिका निर्वाह गर !
अर्को पटक आउने चुनावलाई ,आफ्नो जित सुनिश्चित गर !!

गर्छु भन्दा भन्दै फेरि गर्न पछी केही नै नपाइएला!
देश बनाउने यो अहोभाग्य यसै कतै खेर नै पो जाला

जनताको मतविश्वासको यति ठुलो प्रचण्ड आगो!!
पुरा हुन नसक्दा मुलुकमा कसैले लगाउला है जालो !!

कतै धेरै गर्छु भनेर हिँड्दा हिँड्दा नहोसहै कतै अवेला
जनताहरुकाअसलमनमा नहोस् अफ्ठ्यारो,झमेला !!

यो घाम झुल्कदा हाँस्ने मेरो देशमा ! हिमालको पानीले उर्जा को शक्ति छर !
चन्द्रले मायाँ गर्ने रातको मायाँको उज्यालो यो देश भरी तिमी पनि भर !!

हरेक नागरिक कुलमान बनेर विकास र समृद्दिको ज्वाला विज छर !
देश यदि हाम्रो बन्दछ भने जीवन पनि बलिदान गर !

सल्लाहा दिनेहरुले पनि समैयमै असल सुझाव दिउन्!!
प्रतिपक्षी सवल बनेर सत्ता पक्षलाई साथ दिउन!!

असल काम गर्ने हरुले सुझाव राम्रो हरपल दिउन्!!
देश बनाउनुपर्छ भनेर अव सक्दो सहयोग र साथ दिउन् !!

यो देश बनाउने अहोभाग्य कति जन्मको शुभकर्मको फल हो!
सायद पूर्वजन्मको असल कर्म र सौभाग्यले नै पो हो
१०
देशकालागि नै गर्न पर्दछ भनि ईश्वर दाहिने भको पल हो!!
जे होस यो देशलाई गर्ने ठुलो ,महाँ सौभाग्यले गर्दा पो हो!!
११
यसैवले यो प्राप्त जन मतलाई ,सम्मान शिरले झुकाई तिमी गर!!
सारा नेपालीको मन जित्नु पर्छ अव कुरा बुझेर अबेर नगरेर !!
१२
न्यायालयको न्याय सुन्दा कामोस हरेक मानिसको मुटु !
सत्य शिव र सुन्दर हुन्छ नेपालमा न्याय भनेर जानुन!!
१३
पद धन प्राप्त गर्न हैन भनि तिम्रा हाम्रा मनले बुझुन्!
यो त मानवीय कर्म गर्न प्राप्त सौभाग्य हो भनि ठानुम!!
१४
त्यो आँखाको पट्टिलाई सुटुक्कन तिमी नै खोल्
न्याय खुला आँखाले हेरेर जनतालाई दिनु पर्छ बुझ ।
१५
आधार भूत आवश्यकता जनताले अव सहज पाउन् !!
विकास समृद्दि यस देशको , हेर्न चाख्न जनताले पाउन!!
१६
हिमालको गहना भिरेर आउन शेर्पा जति मधेस !
पाहाडका अन्न र फलफूल खाई चढुन आर्य हाम्रो हिमाल!!
१७
तराईबासी देशको सिमा सुदृढ अनि बलियो पारुन!
सेना र प्रहरीले पनि मिलेर , यो देशको नव निर्माण गरुन्!
१८
उद्योग धन्दा असल ब्यापारीहरु जतिले मिलेर चलाउन्!
विकास निर्माणका कार्य युवा सबै जनताले गरुन्!!
१९
शिक्षाको आगो दनदनि तातो राप झैँ सल्कियोस्!
सिन्जाबाट यो देश हाँक्ने प्रतिनिधि युवा आओस् !!
२०
तिमी होस्टे गर हैँसे हामी सारा नेपाली पनि गर्छौ!
असल काम गर तिमी यो शिर पनि हामी थापी दिन्छौँ
२१
भाषण कथन र उखान टुक्काले जगतमा कतै देश बनेको छैन !
मन बचन र कर्म नगरी कतै जगतमा कुनै देश बनेको छैन !!
२२
जगत हेरेर आऊ तिमीहरु त्यहाँको विकास र प्रविधि सिक !
यो देश र जनता अन्धकारमा छन ! उज्यालो विकासको प्रकाश छर!!

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १२ : ३३ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न