हामी साथ दिन्छौँ तिमी अघि त बढ् « Khabarhub

हामी साथ दिन्छौँ तिमी अघि त बढ्



असल काम गर तिमी हौसला तिमीलाई हामी दिन्छौ!
देश समृद्द पार है अनि सकेको साथ र सहयोग पनि दिन्छौ!!

प्रतिपक्षी पनि अब तिमी उत्कृष्ट भूमिका निर्वाह गर !
अर्को पटक आउने चुनावलाई ,आफ्नो जित सुनिश्चित गर !!

गर्छु भन्दा भन्दै फेरि गर्न पछी केही नै नपाइएला!
देश बनाउने यो अहोभाग्य यसै कतै खेर नै पो जाला

जनताको मतविश्वासको यति ठुलो प्रचण्ड आगो!!
पुरा हुन नसक्दा मुलुकमा कसैले लगाउला है जालो !!

कतै धेरै गर्छु भनेर हिँड्दा हिँड्दा नहोसहै कतै अवेला
जनताहरुकाअसलमनमा नहोस् अफ्ठ्यारो,झमेला !!

यो घाम झुल्कदा हाँस्ने मेरो देशमा ! हिमालको पानीले उर्जा को शक्ति छर !
चन्द्रले मायाँ गर्ने रातको मायाँको उज्यालो यो देश भरी तिमी पनि भर !!

हरेक नागरिक कुलमान बनेर विकास र समृद्दिको ज्वाला विज छर !
देश यदि हाम्रो बन्दछ भने जीवन पनि बलिदान गर !

सल्लाहा दिनेहरुले पनि समैयमै असल सुझाव दिउन्!!
प्रतिपक्षी सवल बनेर सत्ता पक्षलाई साथ दिउन!!

असल काम गर्ने हरुले सुझाव राम्रो हरपल दिउन्!!
देश बनाउनुपर्छ भनेर अव सक्दो सहयोग र साथ दिउन् !!

यो देश बनाउने अहोभाग्य कति जन्मको शुभकर्मको फल हो!
सायद पूर्वजन्मको असल कर्म र सौभाग्यले नै पो हो
१०
देशकालागि नै गर्न पर्दछ भनि ईश्वर दाहिने भको पल हो!!
जे होस यो देशलाई गर्ने ठुलो ,महाँ सौभाग्यले गर्दा पो हो!!
११
यसैवले यो प्राप्त जन मतलाई ,सम्मान शिरले झुकाई तिमी गर!!
सारा नेपालीको मन जित्नु पर्छ अव कुरा बुझेर अबेर नगरेर !!
१२
न्यायालयको न्याय सुन्दा कामोस हरेक मानिसको मुटु !
सत्य शिव र सुन्दर हुन्छ नेपालमा न्याय भनेर जानुन!!
१३
पद धन प्राप्त गर्न हैन भनि तिम्रा हाम्रा मनले बुझुन्!
यो त मानवीय कर्म गर्न प्राप्त सौभाग्य हो भनि ठानुम!!
१४
त्यो आँखाको पट्टिलाई सुटुक्कन तिमी नै खोल्
न्याय खुला आँखाले हेरेर जनतालाई दिनु पर्छ बुझ ।
१५
आधार भूत आवश्यकता जनताले अव सहज पाउन् !!
विकास समृद्दि यस देशको , हेर्न चाख्न जनताले पाउन!!
१६
हिमालको गहना भिरेर आउन शेर्पा जति मधेस !
पाहाडका अन्न र फलफूल खाई चढुन आर्य हाम्रो हिमाल!!
१७
तराईबासी देशको सिमा सुदृढ अनि बलियो पारुन!
सेना र प्रहरीले पनि मिलेर , यो देशको नव निर्माण गरुन्!
१८
उद्योग धन्दा असल ब्यापारीहरु जतिले मिलेर चलाउन्!
विकास निर्माणका कार्य युवा सबै जनताले गरुन्!!
१९
शिक्षाको आगो दनदनि तातो राप झैँ सल्कियोस्!
सिन्जाबाट यो देश हाँक्ने प्रतिनिधि युवा आओस् !!
२०
तिमी होस्टे गर हैँसे हामी सारा नेपाली पनि गर्छौ!
असल काम गर तिमी यो शिर पनि हामी थापी दिन्छौँ
२१
भाषण कथन र उखान टुक्काले जगतमा कतै देश बनेको छैन !
मन बचन र कर्म नगरी कतै जगतमा कुनै देश बनेको छैन !!
२२
जगत हेरेर आऊ तिमीहरु त्यहाँको विकास र प्रविधि सिक !
यो देश र जनता अन्धकारमा छन ! उज्यालो विकासको प्रकाश छर!!

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १२ : ३३ बजे

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं– पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा