विप्लव समूहका राप्ती ब्युरो सदस्य वली तेस्रोपटक गिरफ्तार « Khabarhub

विप्लव समूहका राप्ती ब्युरो सदस्य वली तेस्रोपटक गिरफ्तार


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका छन् ।

पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । गत बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए । पक्राउपछि वलीलाई प्युठान लगिएको बताइएको छ ।

विभिन्न जिल्लाका हिरासतमा समेत वलीले १ सय दिन बिताइसकेका छन् । संगठित अपराध र राज्यविरुद्ध अपराधमा वलीलाई मुद्दा चलाइएको छ । वलीसँगै गिरप्तार भएका सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र चन्द्रबहादुर खड्का भने अदालतको आदेशले सुनसरीबाट रिहा भइसकेका छन् ।

सरकारको प्रतिबन्धपछि नेकपाका रोल्पाका डेढ दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा पार्टीप्रति सामान्य आस्था राख्ने सर्वसाधारणदेखि जिल्ला स्तरीय नेतासम्म छन् ।

पूर्वी रोल्पाको पाङबाट पक्राउ परेका सो पार्टीको जिल्ला इन्चार्ज जयप्रकाश रोका, धनबहादुर खत्री र भुपेन्द्र खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । त्यसअघि पार्टी सुभेच्छुक खैराम महरासहित अर्का व्यक्ति जेल चलान भइसकेका थिए । पुर्पक्षका लागि भन्दै सो पार्टीका ५ नेता कार्यकर्तालाई जेल चलान गरिसकिएको छ ।

सो पार्टीका ६ नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको छ । हिरासत रहेका नेता कार्यकर्तामा गंगोदव गाउँपालिकाका लालबहादुर वली, सुनिल स्मृति गाउँपालिकाका प्रदीप कुवँर, माडी गाउँपालिकाका सन्दीप वली, दिनेश वली, श्याम घर्ती र गणेश घर्ती रहेका छन् ।

वलीलाई सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वलीसँगै प्रहरीले दाङबाट गिरफ्तार गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिट अन्तर्गत सर्वोच्च अदालतले रिहाइका लागि दुई पटक आदेश दिइसके पनि उनलाई प्रहरीले पटकपटक मुद्दा लगाउँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १२ : ४९ बजे

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी

बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने

काठमाडौं– सरोकारवाला संस्थाहरूले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय

घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ, व्यवसायी, मजदुर, उपभोक्ता मारमा

घोडाघोडी– कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख

एमाले पदाधिकारीको दौडमा यी सात नेतृ

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा सातजना महिला नेतृहरू सचिवालयमा