प्रेमी प्रेमिकालाई लक्षित गर्दै अब विमानस्थमै किसिङ जोन « Khabarhub

प्रेमी प्रेमिकालाई लक्षित गर्दै अब विमानस्थमै किसिङ जोन


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामान्यतयाः कुनैपनि सार्वजनिक स्थानमा ‘स्मोकिङ जोन’को व्यवस्था गरिएको हुन्छ । यो कुनै नौलो कुरा होइन । तर, अब किसिङ जोन पनि स्थापना गरिएको छ त्यो पनि विमानस्थलमै ।

तर यो नेपालमा भने होइन । डेनमार्कको एल्बोर्ग विमानस्थलमा प्रेमी–प्रेमिकाका लागि सहज होस् भनेर किसिङ जोन छुट्याईएको छ ।

जहाँ प्रेमी प्रेमिकाले निर्धक्क साथ किस गर्न सक्छन् । उक्त क्षेत्रलाई ‘किस एन्ड फ्लाई’ नामकरण गरिएको छ । जहाँ विमानबाट यात्रा गर्ने क्रममा छुट्टिने प्रेमी–प्रेमिका एक–अर्कालाई चुम्बन गर्न सक्छन् । तर, चुम्बन गर्दा प्रेमी–प्रेमिकाहरूले लामो समय लिन थालेपछि त्यो विमानस्थलमा चुम्बन गर्ने समय तीन मिनेटको तोकिएको छ ।

अहिले त्यहाँको सिको गर्दै अन्य विमानस्थलहरुमा पनि किसिङ जोन स्थापना हुन थालेको छ ।

अहिलेसम्म हङकङ, सिंगापुर, लसएन्जलस, वाली, सनफ्रान्सिस्को विमानस्थलमा किसिङ जोन निर्माण भैसकेका छन् । उनीहरूले उक्त क्षेत्रलाई आ–आफ्नो अनुकूल नाम दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ३ : १४ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित