यसरी पाउन सकिन्छ न्यूजिल्याण्डको पीआर « Khabarhub

यसरी पाउन सकिन्छ न्यूजिल्याण्डको पीआर


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको सुन्दर मुलुक न्यूजिल्याण्डमा गएर काम गर्ने र उतै बसोबास गर्न धेरैको चाहना हुनसक्छ ।

उसैपनि हरेक वर्ष धेरै नेपालीहरु अध्ययन, रोजगारी र घुमघामका लागि न्यूजिल्याण्ड जाने गरेका छन् । सबल अर्थतन्त्र, स्वच्छ हावापानी र बहुसाँस्कृतिक मुलुक न्यूजिल्याण्डमा काम गर्ने र उतै बसोबास गर्ने चाहना हरेकलाई हुनसक्छ । आखिर न्यूजिल्याण्डमा कसरी कामसँगै बसोबास अनुमतिपत्र पाउने त भन्ने धेरैलाई प्रश्न हुनसक्छ ।

यसका लागि न्यूजिल्याण्डले दक्ष कामदारका लागि स्थायी बसोबास अनुमतिपत्र अर्थात् पीआर दिँदै आएको छ । दक्ष कामका आधारमा न्यूजिल्याण्डको पीआर पाउने प्रक्रिया पनि त्यति झन्झटिलो छैन । बस् आवश्यक योग्यता पुगेको हुनुपर्यो । त्यसो भए दक्ष कामका आधारमा कसरी न्यूजिल्याण्डको पीआर पाउने योग्यता के के हुन् त ?

न्यूजिल्याण्डले अंकका आधारमा पीआर दिने गरेको छ । यसका लागि आवेदकले कम्तीमा १६० अंक पाउनुपर्छ । यी अंक आवेदकको उमेर, दक्षता, अंग्रेजी भाषामा निपुणता, यसअघि काम गरेको अनुभव, अध्ययनलगायतका आधारमा प्रदान गरिन्छ ।

पीआर पाउन आवेदन दिने दक्ष कामदार ५५ वर्ष भन्दा कम हुनुपर्छ । आवेदक न्यूजिल्याण्डको राष्ट्रिय तथा सार्वजनिक सुरक्षामा चुनौति नभएको निश्चित गर्नुपर्छ । त्यस्तै, आवेदक जुन काममा दक्ष हो, उही काम गर्नका लागि मात्र त्यहाँ पुगेको हुनुपर्छ ।

अन्यथा न्यूजिल्याण्डको पीआर पाइन्न । त्यस्तै, न्यूजिल्याण्डको श्रम बजारमा आवेदकको दक्षता अनुसार जनशक्ती कम छन् भने पीआर पाउन अझ सहज हुन्छ ।

यसका लागि अनलाइनबाटै आफ्नो योग्ता जाँच गर्न सकिन्छ । न्यूजिल्याण्डको पीआर पाउन आफू योग्य भएको निश्चित गरेपछि पीआर आवेदन पक्रिया शुरु गर्न सकिन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : ५९ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन