यसरी पाउन सकिन्छ न्यूजिल्याण्डको पीआर « Khabarhub

यसरी पाउन सकिन्छ न्यूजिल्याण्डको पीआर


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको सुन्दर मुलुक न्यूजिल्याण्डमा गएर काम गर्ने र उतै बसोबास गर्न धेरैको चाहना हुनसक्छ ।

उसैपनि हरेक वर्ष धेरै नेपालीहरु अध्ययन, रोजगारी र घुमघामका लागि न्यूजिल्याण्ड जाने गरेका छन् । सबल अर्थतन्त्र, स्वच्छ हावापानी र बहुसाँस्कृतिक मुलुक न्यूजिल्याण्डमा काम गर्ने र उतै बसोबास गर्ने चाहना हरेकलाई हुनसक्छ । आखिर न्यूजिल्याण्डमा कसरी कामसँगै बसोबास अनुमतिपत्र पाउने त भन्ने धेरैलाई प्रश्न हुनसक्छ ।

यसका लागि न्यूजिल्याण्डले दक्ष कामदारका लागि स्थायी बसोबास अनुमतिपत्र अर्थात् पीआर दिँदै आएको छ । दक्ष कामका आधारमा न्यूजिल्याण्डको पीआर पाउने प्रक्रिया पनि त्यति झन्झटिलो छैन । बस् आवश्यक योग्यता पुगेको हुनुपर्यो । त्यसो भए दक्ष कामका आधारमा कसरी न्यूजिल्याण्डको पीआर पाउने योग्यता के के हुन् त ?

न्यूजिल्याण्डले अंकका आधारमा पीआर दिने गरेको छ । यसका लागि आवेदकले कम्तीमा १६० अंक पाउनुपर्छ । यी अंक आवेदकको उमेर, दक्षता, अंग्रेजी भाषामा निपुणता, यसअघि काम गरेको अनुभव, अध्ययनलगायतका आधारमा प्रदान गरिन्छ ।

पीआर पाउन आवेदन दिने दक्ष कामदार ५५ वर्ष भन्दा कम हुनुपर्छ । आवेदक न्यूजिल्याण्डको राष्ट्रिय तथा सार्वजनिक सुरक्षामा चुनौति नभएको निश्चित गर्नुपर्छ । त्यस्तै, आवेदक जुन काममा दक्ष हो, उही काम गर्नका लागि मात्र त्यहाँ पुगेको हुनुपर्छ ।

अन्यथा न्यूजिल्याण्डको पीआर पाइन्न । त्यस्तै, न्यूजिल्याण्डको श्रम बजारमा आवेदकको दक्षता अनुसार जनशक्ती कम छन् भने पीआर पाउन अझ सहज हुन्छ ।

यसका लागि अनलाइनबाटै आफ्नो योग्ता जाँच गर्न सकिन्छ । न्यूजिल्याण्डको पीआर पाउन आफू योग्य भएको निश्चित गरेपछि पीआर आवेदन पक्रिया शुरु गर्न सकिन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : ५९ बजे

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर