लोकसेवामा पनि भनसुन चल्छ– देउवा « Khabarhub

लोकसेवामा पनि भनसुन चल्छ– देउवा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोकार्पण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनको थियो ।

सभापति देउवाले भने“नेपालमा भनसुन उद्योग सुरु भईसक्यो । सबै भन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए ।”

सभापति देउवाले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको , भ्रष्टाचार लगायत शुसासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अब देखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे ।

लेखक एवं नेता घिमिरेले आफु पूर्ण कालिन राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताए । शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको घिमिरेका ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संग्रहीत छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : ०७ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको