यूएईविरुद्ध नेपालको शानदार जित « Khabarhub

यूएईविरुद्ध नेपालको शानदार जित


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एक दिवसीय तथा टी–२० सिरिज खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) पुगेको नेपाली टोलीले आफ्नो दोस्रो खेलमा शानदार जित हात पारेको छ । पहिलो खेलको पराजय व्यहोरे पनि दोस्रो खेलमा नेपाली खेलाडीले शानदार प्रदर्शन गर्दै १ सय ४५ रनको जित हात पारेको हो ।

नेपालको जितका लागि रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेट लिन सफल भएका थिए । सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाएका थिए । उनले अरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि दुबईस्थित आइसीसी एकेडेमी ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ सय ४२ रन बनाएको थियो । सोमपालले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिएपछि घरेलु यूएईले १९.३ ओभरमा ९७ रन जोड्दा सबै विकेट गुमायो ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । ज्ञोन्द्र मल्ल ४४ रन बनाएर आउट भएपछि नेपालको इनिङ पूनः धर्मरायो । १९औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र आउट हुँदा नेपाल ७०–२ को अवस्थामा थियो । त्यसपछि थप ४३ रन जोड्नेक्रममा नेपालले तीन विकेट गुमायो । पारस २१, दीपेन्द्रसिंह ऐरी १०, पवन सर्राफ ८ रन बनाएर पवेलियन फर्किए । त्यसअघि ओपनर विनोद २१ रन बनाएर आउट भएका थिए ।

तर रोहितकुमार पौडेल र आरिफ शेखले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि नेपाल २ सय रनको योगफल कटाउन सफल भएको थियो । रोहितकुमारले ५५ रन बनाउँदा आरिफले २९ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितकुमारको यो पहिलो अर्धशतक हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका रोहितकुमारले सचिन तेन्दुल्कर र सहिद अफ्रिदीलाई पछि पारेका छन् ।  शुक्रबार कमजोर ब्याटिङ प्रदर्शनका कारण पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई तीन विकेटको नतिजा सुम्पिएको थियो । नेपालले युएई भ्रमणमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ ।

अब नेपालले तेस्रो खेल माघ १४ गते भाेलि खेल्नेछ । त्यसैगरी माघ १७, १८ र २० मा टी–२० खेल्नेछ । आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक–एकको बराबरी सकिएको थियो ।

नेपाली टाेलीमा काे काे ? 

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी,आरिफ शेख,रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ६ : ०५ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय