डेब्यु खेलमा लुकाकुको गोल- इन्टरको सुखद् सुरुवात « Khabarhub

डेब्यु खेलमा लुकाकुको गोल- इन्टरको सुखद् सुरुवात


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस सिजनको इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । 

 सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान भित्रिएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे ।

ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो । लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३–० बनाए । 

७६ औँ मिनेटमा फारिएस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो । ८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी भयो ।

लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । उनी सन् २०१७ जुलाईमा ७५ मिलियन एभर्टनबाट युनाइटेड आएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ३७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको