डेब्यु खेलमा लुकाकुको गोल- इन्टरको सुखद् सुरुवात | Khabarhub Khabarhub

डेब्यु खेलमा लुकाकुको गोल- इन्टरको सुखद् सुरुवात


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस सिजनको इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । 

 सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान भित्रिएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे ।

ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो । लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३–० बनाए । 

७६ औँ मिनेटमा फारिएस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो । ८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी भयो ।

लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । उनी सन् २०१७ जुलाईमा ७५ मिलियन एभर्टनबाट युनाइटेड आएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ३७ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्