अभिनेत्री अर्शीले भनिन्ः राजनीतिको रहर लागेन ठुम्का लगाउनु नै ठिक « Khabarhub

अभिनेत्री अर्शीले भनिन्ः राजनीतिको रहर लागेन ठुम्का लगाउनु नै ठिक


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही समय अघि अभिनयसँगै राजनीतिमा होमिएकी बलिउड अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट अलग्गिएको बताएकी छिन् ।

भारतको लोकसभा चुनावमा राजनीतिमा निकै कशरत गरेकी अर्शीले अहिले आएर अभिनेता तथा अभिनेत्रीहरुका लागि राजनीति नसुहाउने बताएकी छिन् ।

उनले भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेको ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्। ‘स्टेजमा नाच्नु पर्ने, ठुम्का लगाउनुपर्ने, बिकनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने रैछ ।’ एक फिल्म सुटिङको क्रममा उनले भनिन्, ‘यो जीवनशैली कलकारका लागि सही रैन’छ। यसकारण मैले राजनीति छाडेँ।’

उनले भारतीय प्रधानमन्त्री नरेद्र मोदीले गरेको कामप्रति आफू खुशी रहेको बताउँदै घारा ३७० को हटाउनु देशको हितमा रहेको प्रतिक्रिया दिएकी छन्। अभिनेत्री खान यतिबेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन्।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५३ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल