अरुणखोलामा पुलबाटै गुड्न थाले गाडी | Khabarhub Khabarhub

अरुणखोलामा पुलबाटै गुड्न थाले गाडी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- ट्रक ठोक्किदा भाँचिएको पूर्व-पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।

गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए रातिबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।

सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । पुल भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।

सडक विभागले ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ भएपछि पुललाई छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी काम गरको थियो । सोहीअनुसार मर्मत सम्पन्न गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । चाडपर्वको समयसमेत भएकाले तदारुकताका साथ छोटो समयमै पुल मर्मत सम्पन्न गरिएको इञ्जिनियर सुवेदीले बताए। विगतका वर्षमा यहाँका पुल भाँचिदा महिनौंसम्म बन्न नसक्दा यात्रुले सास्ती झेलेका थिए ।

जिल्लामा रहेका पुलहरु प्राय ‘स्टिल ट्रस’को प्रयोग गरेर निर्माण गरिएका छन् । पुल बनाएको समेत लामो समय भएकाले सामान्यरूपमा सवारीले ठक्कर दिँदासमेत धेरै क्षति हुने गरेको छ । सडक विभागले पुलको सुरक्षाका लागि पुलको आसपासमा स्टिलको ‘डब्लु बिम’ (पुलको सुरक्षाका लागि निर्माण गरिएको स्टिलको बार) समेत बनाएको छ । तर पनि विभिन्न समयमा यहाँका पुलमा सवारीको ठक्करबाट क्षति हुँदै आएको छ ।

पुलको सुरक्षाका लागि बनाइने स्टिलको बार केही पुलमा नभएका कारण ती पुलमा समेत बार निर्माण गरिने इञ्जिनियर सुवेदीले बताए । पुल निर्माणको समयमा अहिलेको भारलाई मूल्याङ्कन नगरिएको र संरचनासमेत पुरानो हुँदै जाँदा पुलमा क्षति पुग्ने गरेको उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५५ बजे

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू