दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को? « Khabarhub

दिवाकरले ‘तिमीसँगै हुने मन छ’ बनाउने, नायिका को?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ऐश्वर्य’ बाट चर्चा कमाएका निर्देशक दिवाकर भट्टराई फिल्म निर्माणमा जुटेका छन् । खबरका अनुसार उनले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बाट निर्माणमा समेत हात हालेका हुन् । फिल्ममा निर्देशन पनि उनकै रहनेछ ।

दशैँबाट फिल्मको छायांकन थालिने भनिएको यो फिल्म ओम नमः शिवायः प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ ।

चलचित्रका बारेमा अन्य जानकारी दिइएको छैन । यता फिल्ममा नायिकाका रुपमा दीपिका प्रसाई‍ हुने सम्भावना छ । दीपिका र दिवाकरले चलचित्र ‘ऐश्वर्य’ मा सँगै काम गरेका थिए । अहिले भने यी दुई पतिपत्नी समेत हुन् ।

पूर्णत लभस्टोरी फिल्म भनिएको यो फिल्मको कथामै काम भइरहेको जनाइएको छ । फिल्ममा नयाँ तथा पुराना कलाकार हुने जनाइएको छ ।

यसअघि दिवाकरले अनमोल केसीलाई लिएर चलचित्र ‘क्याप्टेन’ बनाएका थिए । उक्त फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यद्यपि उनले स्टुटिप मनऐश्वर्यबाट भने राम्रै चर्चा पाएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : १४ बजे

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ