प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ « Khabarhub

प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिउटीमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्नका लागि घुस दिन खोज्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ ठूलो खरिबोट चोकमा डिउटीमा खटिएको प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्र घर भइ काठमाडौंको सिनामंगल बस्ने २८ वर्षी मनोज तिमल्सिना र भारतको मोतिहारी घर भइ काठमाडौंको सिनामंगल नै बस्ने २३ वर्षीय अरुण कुमार जैसवाल छन् ।

महानगरीय प्रहरी बृत्त बानेश्वरकाट खटिएको प्रहरी टोलीले बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिमल्सिना र जैसवाललाई मदिरा सेवन गरेको फेला पारेको थियो ।

मापसे गरेर सवारी चलाएको कसुरमा कारबाही गर्ने क्रममा उनीहरुले प्रहरीलाई प्रलोभनमा पार्न २ हजार रुपैयाँ दिएका थिए ।

प्रहरीले घुस दिन खोजेको २ हजार रुपैयाँ र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ५२ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर