१५ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने युवक ५ वर्षपछि पक्राउ « Khabarhub

१५ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने युवक ५ वर्षपछि पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

पाटन उच्च अदालतको १० कात्तिक २०७१ को आदेशबाट दोषी ठहर भएका खड्का त्यसयता फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएको टोलीले खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सिआईबीका अनुसार खड्काले परियार थरकी १५ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।

सिआईबीका खड्काले ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका–१८ स्थित आफ्नै घरमा बोलाएर ती बालिकामाथि बलात्कार गरेका थिए ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले खड्कालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

पछि, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टी गर्दै खड्काविरुद्ध ४ वर्ष ५ दिन १ महिनाको कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  २ : २८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको