एसेम्बल्ड प्लान्ट राखेर देशभित्रै सवारी साधन उत्पादन गर्नुपर्छ : अर्थमन्त्री « Khabarhub

एसेम्बल्ड प्लान्ट राखेर देशभित्रै सवारी साधन उत्पादन गर्नुपर्छ : अर्थमन्त्री


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आजदेखि राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ शुरु भएको छ । सवारीसाधनहरुको भव्य प्रदर्शनी तथा ठूलो मेला नाडा अटो शो १४औँ संस्करणको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे ।

नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको औद्योगिकरणका लागि एसेम्बल्ड प्लान्ट राख्नु पर्ने बताए । उनले आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नु पर्ने बताएका हुन् । सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।

दश वर्षमा चार गुनाले सवारी साधन आयात भएकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्रीले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखे ।

अर्थमन्त्रीले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत बताए । उनले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने धारणा राखे । यसैगरी सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी पनि अर्थमन्त्रीले दिए ।

यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । यो प्रदर्शनीमा सवारीसाधनबाहेक तिनका पार्टपुर्जा, विभिन्न सेवाहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

चाडपर्वको पूर्वाद्र्धमा आयोजना भएको शोमा सवारीसाधन व्यवसायी, ग्राहकहरु र अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले जनाएको छ ।

१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी छन् ।

६ दिनसम्म चल्ने शोमा ७५ हजार मानिसले अवलोकन गर्ने अपेक्षा रहेको अटो शो संयोजक निराकार श्रेष्ठले बताए । अवलोकनकर्ताहरुका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई छुटमा १ सय ५० रुपैयाँमै टिकट उपलब्ध गराइने छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  २ : ५४ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा