रेशम चौधरीलगायतलाई निःसर्त रिहा गर्न थरुहट मोर्चाको माग, शसक्त आन्दोलन गर्ने चेतावनी « Khabarhub

रेशम चौधरीलगायतलाई निःसर्त रिहा गर्न थरुहट मोर्चाको माग, शसक्त आन्दोलन गर्ने चेतावनी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एकसय एक सदस्यीय मोर्चा गठन गरेको हो ।

मोर्चाको प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु रहेका छन् ।

यसका साथै सम्मेलनले विभिन्न निर्णयहरु गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा जोड दिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसहित आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

टिकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता र निःसर्त रिहाइको माग गरेको छ ।

यस्तै टिकापुर घटनाबारे छानविन गर्न तत्कालिन सरकारबाट गठित पूर्व न्यायाधीश गरिशचन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका लागि पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।

२०७२ साल भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक बालकको मृत्यु भएको थियो । यस्तै मोर्चाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यअनुरुप संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।

तीन चरणको संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाले टिकापुर घटना भएको दिन भदौ ७ लाई हरेक वर्ष थरुहट आन्दोलनको विद्रोह दिवसको रुपमा मनाउनेदेखि अनिश्चितकालिन बन्दका कार्यक्रमसम्म रहेका छन् ।

पहिलो र दोस्रो चरणको संघर्षका कार्यक्रमको मिति तय गरिए पनि तेस्रो चरणको आन्दोलनको कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ३ : ५६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी