खानेपानी योजना निर्माणको उपाय : नगरपालिकाको जमानीमा उपभोक्ता ऋणी « Khabarhub

खानेपानी योजना निर्माणको उपाय : नगरपालिकाको जमानीमा उपभोक्ता ऋणी


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने सर्त छ ।

सर्तअनुसार रकम जम्मा नभएपछि १८ हजार जम्मा गर्न नसक्ने उपभोक्तालाई सहकारीको ऋणी बनाएको छ भने नपुग उपभोक्ताबाटै ऋण सापटी लिइएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने, “समयमै खानेपानी सञ्चालनका लागि ऋण सापटी अभियानअन्तर्गत मैले पनि रू दुई लाख दिएको छु ।”

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लगानी रहेको सो परियोजनामा नगरपालिका कार्यालयको जमानीमै स्थानीय उपभोक्तालाई सहकारीमार्फत रु दुई करोडको ऋणी पनि बनाइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाइ लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानीको व्यवस्था गर्न लागिएको छ । स्थानीय सहकारीले भने चलनचल्तीभन्दा कम (न्यूनतम पाँच प्रतिशतसम्म) ब्याजदरमा करीब एक हजार ५ सय खानेपानी उपभोक्तालाई ऋण लिन लगाइएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने “उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नगरपालिकाले तिरिदिनेछ ।”

रु दुई अर्ब २१ करोडको लागतमा निर्माण गरिने सो परियोजनाका लागि नपुग रकम ऋण सापटीमार्फत जम्मा गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

उनकाअनुसार परियोजनाको बैंक खातामा हालसम्म उपभोक्ताबाट मात्रै करीब रू नौ करोड ५० लाख जम्मा भएको छ । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महिनाभित्र फिर्ता गरिने योजना बनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ०० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको