सयपत्री फूल रोप्नुहोस्, यस्ता छन् फाइदा « Khabarhub

सयपत्री फूल रोप्नुहोस्, यस्ता छन् फाइदा


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सबैको चाहना हुन्छ घरवरिपरी बगैँचा बनाउने र फूल रोप्ने । गाउँघरतिर खेतवारीमा पनि प्रशस्त मात्रामा फूल रोपिन्छ । ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा फूलको खेती कम गर्ने गरिन्छ ।

तर, पछिल्लो समय शहरी क्षेत्रमा पनि घरका कौसीमा र जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गर्नेको संख्या बढ्दै गइरहेको छ । साथै शहरका सडक छेउ तथा बिचमा पनि फूलका बगैँचा लगाइन्छ ।

घरायसी प्रयोजनका लागि मात्रै नभइ व्यवसायीक रुपमा पनि फूलको खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । यसबाट पुष्प व्यवसायप्रति मानिसहरुको रुची र आकर्षण बढ्दै गइरहेको बुझ्न सकिन्छ ।

यतिबेला सयपत्री फूल रोप्ने र हुर्काउने बेला पनि भएको छ । सयपत्रीको माग विषेशगरी दशैँ र तिहारमा बढी हुने गर्छ । साथै अन्य समयमा पनि सयपत्रीको माग कम भने हुदैँन ।

कस्तो स्थानमा फुल्छ सयपत्री ?

सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्छ । तर ती विरुवाले उच्च तापक्रम सहन सक्दैन । तसर्थ सयपत्री फूल लगाउनका लागि हालको सिजन उत्तम मानिन्छ । पानी नजम्ने र प्रांगारिक पदार्थ बढी हुने ठाउँमा यो राम्रोसँग फुल्छ ।

यसका लागि खासै मलको प्रयोग नगर्दा पनि हुन्छ । अहिलेको सिजनमा सयपत्री फूल रोप्दा विशेषगरी असोज, कार्तिकको महिनामा फुल्छन् भने विरुवा नमासेको खण्डमा बाह्रै महिना यी फूलहरु फुल्ने गर्छन् ।

आवश्यकता पूर्ति गर्नभन्दा पनि गमलामा फूल फुलाउन चाहन्छन् मानिसहरु । तर फूलकै खेती गर्नेहरुले पनि मनग्य आम्दानी लिइरहेका छन् । फूल रोप्नु सौन्दर्यका लागि मात्रा होइन ।

यसका फाइदाहरु :

# सयपत्री फूलबाट सुगन्धित तेल निकाल्न सकिन्छ ।

# प्रशस्त मात्रामा फूल फुलाउन सकेमा विदेशको आयत घटाउन सकिन्छ र निर्यात बढाउन सकिन्छ ।

# वातावरणमा सौन्दर्यता छाउँछ र पर्यटकीय क्षेत्रमा टेवा पुग्छ ।

# सयपत्रीका फूलमा औषधीका गुणहरु हुन्छन् ।

# फूलको लेप बनाएर छालामा प्रयोग गर्दा यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

# पेट फुल्ने र दुख्ने रोग भए चुर्णको मात्रामा मिलाएर औषधीको रुपमा सेवन गरेमा फाइदा हुन्छ ।

# कमलपित्त, अम्लपित्त, पायल्स र पेटभित्रको आन्द्राको घाउ आदिमा चुर्णको प्रयोगले सन्चो गराउँछ ।

# सयपत्री फूल मात्र पनि चुसिरहेमा स्वास्थ्यलाई फाइदा मिल्छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ३८ बजे

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा