‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’ | Khabarhub Khabarhub

‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् ।

बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् ।

दानलाई महत्व दिई सर्वहिताय दान भनिने पञ्चदान पर्व पाँच पाण्डवलाई नभई पञ्चबुद्धलाई दिइने सरोकारवालाहरुको भनाइ छ । बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले महायान बौद्ध सिद्धान्तअनुरूप बुद्ध धर्ममा पञ्चदान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताए ।

अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचीनता भए पनि राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा यसको प्रचारप्रसार हुन नसक्दा एउटै ठाउँमा पनि बौद्धमार्गीले पञ्चदान र हिन्दूमार्गीले पाण्डवका रूपमा मान्ने गरेकाले यसलाई सबैमाझ पञ्चबुद्ध र दान पर्व भएको स्पष्ट पार्नुपर्ने औँल्याउनुभयो ।

भक्तपुरमा भोलि बुधबार पञ्चदान पर्व पाँच वटा दीपङ्कर बुद्धलाई सूर्यमढी ल्याएर राखिन्छ । करीब दुई घण्टा राखेर विभिन्न टोलबाट आएका भक्तजनहरुले पूजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ ।

सूर्यमढीबाट भक्तपुर नगरको भित्री भागका विभन्न टोलहरूमा घुमाउँदै तःमारीमा पुर्‍याउने गरिन्छ । यतिबेलै तःमारीमा गुँला पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यसपछि साकोथाको तीनदोबाटोमा पाँच वटा दिपङ्करहरुलाई आ–आफ्नो स्थानतिर लगेपछि यो पर्व सम्पन्न हुन्छ ।

यसदिन अन्न, गेडागुडी, फलफूल, औषधि र सियो धागो दान गरिन्छ । साथै पञ्चदानका रूपमा चामल, सुपारी, धान, मकै, गहुँ, भटमास, ढिकेनुन, पैसा, सुन चाँदी आदि चढाइन्छ । साथै जमिनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ ।

पिण्डपात्र दानको रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ । पञ्चदानको अर्थ पाँच वस्तुको दान नभई पाँच दीपङ्कर बुद्धलाई गरिने दान भएको बताइन्छ । नेवार समुदायमा शाक्य र बज्राचार्यले यो दान ग्रहण गर्दछन् । दीपङ्कर बुद्धको मान्यता गरी उनीहरूको मूर्ति राखेर दान प्रदान गर्ने प्रचलन रहिआएको पाइन्छ ।

क्वाठण्डौको प्रसन्नशील, गोल्मढीको झौरवही, साकोथाको चतुरब्रह्म, भार्वाचोको थथुबही र कोथुबही महाबिहारबाट दीपङ्कर निस्किएर नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्ने गरिन्छ ।

पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गरिएको दिपङ्कर सूर्यमढीको श्री पद्मबिहारमा आएर एकै ठाउँ भेला हुन्छन् । बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, बाहबहीका भिक्षुलाई भिक्षा दान दिइने परम्परा छ ।

नेपाल सम्वत् ५१२ मा शिवदेव तृतीयको शासनकालमा पैसासमेत राखेर पञ्चदान पर्वका लागि गुठी सञ्चालन गरिएको ताम्रपत्रमा उल्लेख भएअनुसार यो पर्व नेस ५१२ भन्दा अगाडि नै शुरु भएको बताइन्छ । यस दिनलाई सत्ययुगको उदय भएको दिनको रूपमा पनि मानिन्छ भने धानका देवताका रूपमा पनि मानिने भएकाले धानलगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : १३ बजे

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

जेनजी अगुवा मिराजले पार्टी खोल्दै

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित