पानी बिनै औषधी खानुहुन्छ ? ख्याल गर्नुहोस् जोखिम हुनसक्छ « Khabarhub

पानी बिनै औषधी खानुहुन्छ ? ख्याल गर्नुहोस् जोखिम हुनसक्छ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वातावरण प्रदुर्षणसँगै मानिस धेरै रोगका बिरामी हुने गरेका छन् । अहिले सरदर सबैले कुनै न कुनै रोगको औषधि सेवन गरिरहेका पनि छन् ।

त्यसैले औषधी सेवनमा विशेष ध्यान नदिए ज्यानै जोखिममा पर्ने हुनसक्छ । बिराम जाति बनाउन खाने औषधिले अर्को बिराम ननिम्त्याओस भन्ने सोच सबैले राख्नुपर्छ ।

त्यसका लागि औषधि पानीसँग खानुपर्छ । तर, कतिपय अवस्थामा पानीविनै औषधि खानेसमेत गरिन्छ । पानी नभएको वेला यस्तो गरिन्छ । खासमा पानीविना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक छ । यस्तो बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

विनापानी औषधि निल्दा यस्ता असर हुन्छ  :

  • विनापानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।
  • पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखाइ औषधिको आकारमा पनि निर्भर गर्छ ।
  • हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको औषधि घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पु-याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।
  • विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको चक्की चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

कसरी खाने त ?

  • कम्तीमा एक गिलास पानीसँग औषधि निल्ने गरौँ ।
  • कहिल्यै पनि सुतेर औषधि खाने बानी गर्नु हुँदैन । औषधि उभिएर वा बसेर खाने गर्नुपर्छ ।
  • दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसो गर्दा एसोफेगसमा हुने खतरा कम हुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ०८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका