पानी बिनै औषधी खानुहुन्छ ? ख्याल गर्नुहोस् जोखिम हुनसक्छ « Khabarhub

पानी बिनै औषधी खानुहुन्छ ? ख्याल गर्नुहोस् जोखिम हुनसक्छ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वातावरण प्रदुर्षणसँगै मानिस धेरै रोगका बिरामी हुने गरेका छन् । अहिले सरदर सबैले कुनै न कुनै रोगको औषधि सेवन गरिरहेका पनि छन् ।

त्यसैले औषधी सेवनमा विशेष ध्यान नदिए ज्यानै जोखिममा पर्ने हुनसक्छ । बिराम जाति बनाउन खाने औषधिले अर्को बिराम ननिम्त्याओस भन्ने सोच सबैले राख्नुपर्छ ।

त्यसका लागि औषधि पानीसँग खानुपर्छ । तर, कतिपय अवस्थामा पानीविनै औषधि खानेसमेत गरिन्छ । पानी नभएको वेला यस्तो गरिन्छ । खासमा पानीविना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक छ । यस्तो बानीले रोग निको हुनुको साटो उल्टै स्वास्थ्यमा हानि पुर्‍याउँछ ।

विनापानी औषधि निल्दा यस्ता असर हुन्छ  :

  • विनापानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । यसकै कारण औषधि निल्ने समय कहिलेकाहीँ आँखाबाट आँसु पनि झर्ने गर्छ ।
  • पानीविना औषधि निल्दा घाँटीको नली पोल्ने गर्छ । त्यति मात्र होइन, सुत्ने समयमा समेत दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो दुखाइ औषधिको आकारमा पनि निर्भर गर्छ ।
  • हाम्रो घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुन्छ । त्यसैले निल्न खोजेको औषधि घाँटीको नलीमा अल्झिए सम्बन्धित ठाउँमा निकै ठूलो हानि पु-याउँछ । यसले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउँछ । यसकै परिणाम श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ ।
  • विनापानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । टर्कीमा भएको एक अध्ययनअनुसार कुनै पनि ड्रग्सबाट एसोफेगसमा अल्सर हुने गर्छ । भिटामिन सीको चक्की चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

कसरी खाने त ?

  • कम्तीमा एक गिलास पानीसँग औषधि निल्ने गरौँ ।
  • कहिल्यै पनि सुतेर औषधि खाने बानी गर्नु हुँदैन । औषधि उभिएर वा बसेर खाने गर्नुपर्छ ।
  • दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसो गर्दा एसोफेगसमा हुने खतरा कम हुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ०८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन