कतारमा विदेशी कामदारमाथि चरम शोषण | Khabarhub Khabarhub

कतारमा विदेशी कामदारमाथि चरम शोषण


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रोजगारीका लागि कतार पुगेका आप्रवासी कामदारमाथि रोजगारदाता कम्पनीहरुले चरण शोषण गर्ने गरेको पाइएको छ ।

विश्व मानवअधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले गरेको अध्ययन अनुसार कामका लागि कतार पुगेका श्रमिक चरम शोषणमा परेका हुन् ।

एम्नेष्टि इन्टरनेशनलले आप्रावासी श्रमिकले तबल नपाउने समस्या र श्रम शोषणका विषयमा कतार सरकार गम्भीर भएर काम गरेको जनाएको छ ।

कतारको मुख्य शहर दोहामै कयौं रोजगारदाता कम्पनीहरुले तलब नदिइ जबरजस्ती विदेशी श्रमिकलाई श्रम गराइरहेको एम्नेष्टि इन्टरनेशनलको रिपोर्टमा औल्याएको छ ।

एम्नेष्टि इन्टरनेशनलले गत साता सार्वजनिक गरेको रिपोर्टमा कतारमा विदेशी कामदार माथिको बाध्यकारी श्रम र तलब नदिइ रोजगारीमा लगाउने अवस्था कायमै रहेको जनाएको छ ।

कतार सरकारले पछिल्लो समय आप्रावासी श्रमिकको अधिकारका पक्षमा काम गरेको अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता गरेपनि व्यवहारमा त्यो लागू नभएको एम्नेष्टिको अध्ययलनमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक राष्ट्र कतारमा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, श्रीलंका, युरोपका देश, अप्रिकाका देशलगायत १६ वटा देशबाट रोजगारीका लागि विदेशी श्रमिक आउने गरेका छन् । हाल, कतारमा करिब ३० लाख श्रमिक कार्यरत छन् ।

एम्नेष्टि इन्टरनेशनलको रिपोर्टमा ३ वटा ठुला रोजगारदाता कम्पनीबाट तलव पाउन नसकेका २ हजार कामदारको गुनासो दर्ता गराएको जनाएको छ ।

यसरी रोजगारीका लागि कतार पुगेका कयौं आप्रवासी कामदारले तलब नपाउन समस्या रहेको एम्नेष्टि ईण्टरनेशनलको रिपोर्टमा भनिएको छ ।

एम्नेष्टिको पछिल्लो रिपोर्टमा हजारौं विदेशी कामदार अहिले पनि तलवविना नै काम गर्न बाध्य भएको जनाइएको छ । बिनातलब काम गदै आएका विदेशी श्रमिकको समस्या रोजगारदाता कम्पनीले बाहिर आउन नदिने गरेको एम्नेष्टिको रिपोर्टमा छ ।

यसरी तलबबिना काम गरिरहेको विदेशी कामदारको समस्या सुनुवाइ गर्ने कतार सरकारले चासो नदिएको एम्नेष्टिको रिपोर्टले औल्याएको छ ।

आप्रावासी श्रमिकमाथि भइरहेको आर्थिक र श्रम शोषण पक्षमा अन्तर्राष्ट्रियस्तारका विभिन्न संघसस्था तथा सञ्चारमाध्ययम आवाज पटक–पटक उठाउदै आएपनि कतार सरकार भने मौन रहेको एम्नेष्टिको रिपोर्टले उल्लेख गरिएको छ ।

कतार सरकारले सन् २०१८ देखि आप्रावासी श्रमिकका समस्या छिटो छरितो माध्यमबाट सम्बोधन गर्ने प्रतिबद्धता गरेपनि कामदारका गुनासो सुन्ने र समाधानका लागि पहल नगरेको एम्नेष्टिको रिपोर्टमा उल्लेख गरिएको छ ।

कतार सरकारले विश्वकप फुटवल प्रतियोगिता आयोजनाका लागि विदेशी कामदारको आकर्षण बढाउन श्रमिकका हकअधिकार सुधार गर्ने प्रचारमा मात्र गरेको एम्नेष्टिको रिपोर्टमा आरोप लगाइएको छ ।

आप्रवासी श्रमिकमाथि शोषणका विषयमा उठाइरहेका आवाज कतार सरकारमाथि लगाएको आरोप भन्दै कतारी सरकारी अधिकार जोगिने गरेका एम्नेष्टिको रिपोर्टमा भनिएको छ ।

कतार सरकारले भने स्वदेशी र विदेशी कामदारका हकमा श्रम क्षेत्र सुधारका लागि पछिल्लो समयमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) लगायतका संस्थासँगको सहकार्यमा काम गदै आएको उद्घोष गरेको छ । रोजगारीका लागि आएका विदेशी कामदारका हकमा कुनै गुनासो र समस्या भएमा तत्काल सम्बोधन गर्ने गरिएको कतारी सरकारले धारणा सार्वजनिक गदै आएको छ ।

रोजगारीका लागि कतार आउने विदेशी कामदारको सुविधा र अन्य सेवा बृद्धि गदै लैजाने अन्तर्राष्ट्रिय समुदायमा भ्रमात्मक प्रचार मात्र गरेको एम्नेष्टिको रिपोर्टमा उल्लेख छ ।

तर, कतार सरकारले विदेशी कामदारका हकमा कानूनै परिवर्तन गरेर सेवा तथा तलब सम्वन्धी कुनै समस्या भएमा तत्काल समाधान गर्ने उपाय अवलम्वन गरेको जानकारी विश्व समुदायलाई गराउदै आएको छ ।

योभन्दा अगाडी पनि ब्लूडिआरले ‘ट्रयाप्ड इन कतार’ शीर्षकमा भिडियोमार्फत डकुमेन्ट्री सार्वजनिक गदै कतारको रंगशाला निर्माणका लागि आएका विदेशी कामदारको मृत्युदर उच्च रहेको अरब न्युजमा समाचार प्रकाशित भएको थियो ।

श्रमिक आपूर्ति गर्दै आएका देश मौन

कतारमा श्रमिक आपूर्ति गदै आएका देश मौन बस्दा त्यहाँ रोजगारीका लागि पुगेका विदेशी कामदारमाथि चरम शोषण हुनेगरेको अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघको विभिन्न अध्ययनमा उल्लेख गरिएको छ ।

कतारमा रहेका विदेशी कुटनीतिक नियोगको भूमिका कमजोर हुँदा त्यहाँ रोजगारीका लागि आएका विदेशी कामदारमाथि चरम शोषण हुने क्रम कायमै रहेको महासंघले बताउँदै आएको छ ।

कतारका विभिन्न रोजगारदाता कम्पनीले विदेशी कामदारमाथि गरिरहेको आत्याचारका विषयमा कुटनीतिक नियोगले खुलेर प्रश्न उठाउन सक्दैन ।

जसकारण अन्यायमा परेका विदेशी कामदारले न्याय पाउन नसकेको एम्नेष्टि इन्टरनेशनलको रिपोर्टमा भनिएको छ । विदेशी नियोगका प्रतिनिधिले कतार सरकार र रोजगारदातासँग आफना श्रमिकमाथि भइरहेका आर्थिक र शारीरिक शोषणका विषयमा खुलेर बहस नगर्ने गरेको एम्नेष्टिले औल्याएको छ ।

कतारमा ५ लाखभन्दा धेरै नेपाली श्रमिक कार्यरत रहेको सरकारी अनुमान छ । कतार मासिक रोजगारीका लागि ७ हजारभन्दा युवा जाने गरेका वैदेशिक रोजगार विभागका तंथ्याकमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ५८ बजे

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय