डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ | Khabarhub Khabarhub

डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी उपचारका लागि चितवन नै पुग्ने गरेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३ सय २५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

भदौ तेस्रो साता ६ सय ९२, दोस्रो साता ४ सय १२ र पहिलो साता २ सय ७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए ।

‘असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको छ’, उनले भने । एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २ सय ८९ जनामा सङ्क्रमण देखिएको छ । त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ । सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५ सय ६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४ सय ९ जनामा सङ्क्रमण देखिएको छ । यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १ सय जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताए ।

भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९ सय नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७ सय जना ज्वरो आएका रहेकामा १ सय जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५ सय जना परीक्षणका लागि आएकामा १ सय जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उनले बताए ।

पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताए ।

साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो । डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ । खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताए । फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ०५ बजे

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको