डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ « Khabarhub

डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी उपचारका लागि चितवन नै पुग्ने गरेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३ सय २५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

भदौ तेस्रो साता ६ सय ९२, दोस्रो साता ४ सय १२ र पहिलो साता २ सय ७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए ।

‘असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको छ’, उनले भने । एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २ सय ८९ जनामा सङ्क्रमण देखिएको छ । त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ । सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५ सय ६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४ सय ९ जनामा सङ्क्रमण देखिएको छ । यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १ सय जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताए ।

भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९ सय नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७ सय जना ज्वरो आएका रहेकामा १ सय जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५ सय जना परीक्षणका लागि आएकामा १ सय जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उनले बताए ।

पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताए ।

साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो । डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ । खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताए । फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ०५ बजे

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक