विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान « Khabarhub

विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका उपत्यका इञ्चार्ज नविन विक जेल चलान भएका हुन् ।

असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

विप्लव समूहले जिम्मा लिएको नख्खु बम विस्फोटमा परी १ जनाको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान पछि प्रहरीले विप्लव समूहका नेताहरुविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, संगठित अपराध, विस्फोटक पदार्थ र संगठति अपराधअन्तर्गत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज तथा केन्द्रीय नेता हेमन्त प्रकाश वली (सुदर्सन) जेलमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : १८ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव