विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान « Khabarhub

विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका उपत्यका इञ्चार्ज नविन विक जेल चलान भएका हुन् ।

असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

विप्लव समूहले जिम्मा लिएको नख्खु बम विस्फोटमा परी १ जनाको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान पछि प्रहरीले विप्लव समूहका नेताहरुविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, संगठित अपराध, विस्फोटक पदार्थ र संगठति अपराधअन्तर्गत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज तथा केन्द्रीय नेता हेमन्त प्रकाश वली (सुदर्सन) जेलमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : १८ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका