आजबाट फेसबुकमा कति ‘लाइक’ आयो भन्ने थाहा नहुने ! « Khabarhub

आजबाट फेसबुकमा कति ‘लाइक’ आयो भन्ने थाहा नहुने !


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले पोस्टमा भएको लाइकको संख्या लुकाउने बारेको परीक्षण गरेको छ ।

यसका लागि फेसबुकले शुक्रबार अर्थात आजबाट यसको परीक्षण गर्ने तयारी गरेको छ । यसका लागि अस्ट्रेलियामा यसको परीक्षण गरिने छ । प्रयोगकर्ताको पोस्टमा ‘लाइक’को सङ्ख्या लुकाइने फेसबुकले तयारी गरेको छ ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका ‘लाइक’को सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन् । गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो ।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप ‘लाइक’को सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका ‘लाइक’को सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, “लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।” यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन् ।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ‘लाइक’को सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो ।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन ।

‘लाइक’को सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरेका छन् । तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा फेसबुकले केही बताएको छैन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : २४ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने