एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुने तय भएको एनआरएनए आइसिसिको नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक एवम् बेल्जियमका लाजि पर्यटन बोर्डका मानार्थ पर्यटन दूत शिव कुमार बरुवालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युरोप संयोजकको हैसियतले २ बर्ष कार्यकाल सफलता पूर्बक सम्पन्न गरी आगमी दिनमा एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफुले एनआरएनको सचीव पदमा उम्मेदवारी दिन लागेको बरुवालले बताए ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनएमा रहेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए ।

२००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७- २०१९ मा एनआरएनए युरोप संयोजक मा निर्बाचित भै हाल युरोप सयोजक को हैसियतले एनआरएनएका बिभिन्न गतिविधिमा प्रत्यक्ष संलग्न हुँदै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : ४२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर