अदालतका फैसलामाथि प्रश्न उठाउनु हुँदैन– प्रधानन्यायाधीश राणा | Khabarhub Khabarhub

अदालतका फैसलामाथि प्रश्न उठाउनु हुँदैन– प्रधानन्यायाधीश राणा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतले गरेका फैसलामाथि प्रश्न नउठाउन भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय एनसेल लाभकर प्रकरणमा सर्वोच्चद्वारा भएको फैसालामाथि संसदमै प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले असम्बद्ध व्यक्ति तथा निकायबाट अदालतका फैसला तथा आदेशको परीक्षण गर्न खोजिनु मान्यता विपरित भएको बताए ।

दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुक्रबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राणाले संविधान तथा कानूनले अपेक्षा गरेअनुसारको भूमिका र जिम्मेवारी निर्वाह गर्न न्यायपालिका सदैव क्रियाशील हुँदै आएको पनि स्मरण गराए ।

‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्दछ । तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुन जान्छ,’ प्रधानन्यायाधीश राणाले भने, ‘यसले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न जाने र नेपालको संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग पुग्दैन ।’

प्रधानन्यायाधीश राणाले योजनावद्ध व्यवस्थापनको माध्यमबाट न्यायिक सुधारका प्रक्रियाहरुलाई अगाडि बढाउने उद्देश्यका साथ न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना लागू गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४२ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना