मदिराले मातेका मालपोत कार्यालयका हाकिम कार्यकक्षबाटै पक्राउ | Khabarhub Khabarhub

मदिराले मातेका मालपोत कार्यालयका हाकिम कार्यकक्षबाटै पक्राउ


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–  मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् ।

कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो २ः३० बजेरित बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव बुढाथोकीले जानकारी दिए ।

‘मालपोत कार्यालय प्रमुखले मदिरा पिएर सेवाग्राहीमाथि अपशब्द बोलेको भनेर मौखिक उजुरी आएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ डिएसपी बुढाथोकीले खबरहबसँग भने, ‘अहिले हामीलाई उहाँलाई प्रहरी कार्यालयमै राखेका छौं ।’

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मालपोत प्रमुख बोगटी यसअघि पनि मदिरा सेवन गरेर कार्यालय जाने गरेका थिए ।

सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानून प्रावधान छ । तर, मालपोत प्रमुख बोगटीले भने पदीय ‘शक्ति’को आडमा छुट पाउँदै आएको मालपोत कार्यालय महोत्तरीका एक कर्मचारीले बताए ।

मालपोत प्रमुख बोगटीमाथि हुने कारबाहीबारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिइने महोत्तरी प्रहरीका डिएसपी बुढाथोकीले जानकारी दिए ।

‘उहाँ राष्ट्रसेवक कर्मचारी हो । मदिरा सेवन गरेर कार्यालय जानुभएको विषय छ । यससम्बन्धमा के–कस्तो कारबाही गर्ने भनेर हामीले सीडीओसापसँग परामर्श लिँदै छौं,’ डिएसपी बुडाथोकीले भने ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ४ : १९ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको