कानको संक्रमण हुनबाट यसरी जोगिनुस् « Khabarhub

कानको संक्रमण हुनबाट यसरी जोगिनुस्


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कान हाम्रो शरिरकाे महत्वपूर्ण अंग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक सुन्दरता बढाउछ भने भित्रि कानले सुन्ने र शरिरलाई सन्तुलनमा राख्ने काम गर्छ ।

कानको अवस्था ठिक छैन भने हामीले राम्रोसँग कुरा सुन्न र बुझ्न सक्दैनौं । आवाज ग्रहण गर्न नसक्दा हाम्रो शरिर पनि असन्तुलन हुन्छ ।  त्यसैले कानको हेरचाह र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

कानलाई यस्ता कुराबाट बचाउनुस्

कानभित्र पानी पस्नबाट रोक्ने
नुहाउनु पहिला कानमा सफा कपास राखेर त्यसको माथि कुनै मल्हम क्रिम, भ्यासलिन दलेर नुहाउने गर्नुपर्छ । नुहाइसकेपछि निकालेर फाल्नुपर्छ ।

कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने

कानमा गहुँत, तुलसीको पातको रस हुक्काको पानी आदि परेमा संक्रमण हुनसक्छ । त्यसैले यस्ता तरल पदार्थबाट कानलाई बचाउँनुपर्छ ।

 कान कोट्याउन हुँदैन
कान चिलाएमा वा यतिकै पनि कोट्याउने बानी धेरैको हुन्छ । यस्तो बानीले तपाईको कानमा चोट लाग्ने वा संक्रमण हुने खतरा हुन्छ । त्यसैले कान कोट्याउने बानी गर्नु हुँदैन ।

रुघा लाग्दा होसियार रहने

कान पाक्ने रोग रुघाको कारणबाट शुरु हुने वा बल्झिने गर्छ । यस्तो समस्या बच्चामा धेरै हुन्छ । त्यसैले रुघा लागेको समयमा तुरुन्त उपचार गर्नुपर्छ ।

यी उपायहरु अपनाउँदा पनि कान पाक्ने, दुख्ने समस्या भएमा नजिकको स्वास्थ्यसंस्था पुगेर विशेषज्ञ चिकित्सकसँग परिक्षण र परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : २५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका