कानको संक्रमण हुनबाट यसरी जोगिनुस् « Khabarhub

कानको संक्रमण हुनबाट यसरी जोगिनुस्


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कान हाम्रो शरिरकाे महत्वपूर्ण अंग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक सुन्दरता बढाउछ भने भित्रि कानले सुन्ने र शरिरलाई सन्तुलनमा राख्ने काम गर्छ ।

कानको अवस्था ठिक छैन भने हामीले राम्रोसँग कुरा सुन्न र बुझ्न सक्दैनौं । आवाज ग्रहण गर्न नसक्दा हाम्रो शरिर पनि असन्तुलन हुन्छ ।  त्यसैले कानको हेरचाह र स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

कानलाई यस्ता कुराबाट बचाउनुस्

कानभित्र पानी पस्नबाट रोक्ने
नुहाउनु पहिला कानमा सफा कपास राखेर त्यसको माथि कुनै मल्हम क्रिम, भ्यासलिन दलेर नुहाउने गर्नुपर्छ । नुहाइसकेपछि निकालेर फाल्नुपर्छ ।

कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने

कानमा गहुँत, तुलसीको पातको रस हुक्काको पानी आदि परेमा संक्रमण हुनसक्छ । त्यसैले यस्ता तरल पदार्थबाट कानलाई बचाउँनुपर्छ ।

 कान कोट्याउन हुँदैन
कान चिलाएमा वा यतिकै पनि कोट्याउने बानी धेरैको हुन्छ । यस्तो बानीले तपाईको कानमा चोट लाग्ने वा संक्रमण हुने खतरा हुन्छ । त्यसैले कान कोट्याउने बानी गर्नु हुँदैन ।

रुघा लाग्दा होसियार रहने

कान पाक्ने रोग रुघाको कारणबाट शुरु हुने वा बल्झिने गर्छ । यस्तो समस्या बच्चामा धेरै हुन्छ । त्यसैले रुघा लागेको समयमा तुरुन्त उपचार गर्नुपर्छ ।

यी उपायहरु अपनाउँदा पनि कान पाक्ने, दुख्ने समस्या भएमा नजिकको स्वास्थ्यसंस्था पुगेर विशेषज्ञ चिकित्सकसँग परिक्षण र परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : २५ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको