दशैँ खर्च जुटाउन राउटेका अगुवाहरु दाङमा « Khabarhub

दशैँ खर्च जुटाउन राउटेका अगुवाहरु दाङमा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परापूर्वकालदेखि जंगली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् ।

शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको पनि जानकारी दिए । कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरुलाई दशैँमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हुँदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए ।

“हामी सुर्खेतको कान्छी बजार भन्ने जंगलको डाँडामा बस्दै आएका छौं”, उनले भन्नुभयो, “दशैं खर्चको लागि गाडी चढेर दाङसम्म आयौँ । दशैँमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।” शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए ।  “हामी दाङमा माग्न आएका छौं । अर्को मुखियाको टोली काठमाडौं माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।”

पहिले दाङको जंगलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए । “हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।” सरकारले मासिकरुपमा दिँदै आएको रु दुई हजार निकै थोरै भएको उहाँले गुनासो गरे ।

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमा आएका थिए । उनीहरुले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका कार्यालयमा पुगेर सहयोग जुटाएका थिए ।

सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् । राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले रु २० हजार नगद दिनुभएको थियो भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रु सात हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ३१ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ