पाटन दरवार स्क्वायरमा पर्यटकलाई धिमे बाजासहित स्वागत « Khabarhub

पाटन दरवार स्क्वायरमा पर्यटकलाई धिमे बाजासहित स्वागत


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–पाटन दरवार क्षेत्र भ्रमणमा आउने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेश पास प्रदान गरिएको छ ।
४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार पाटन दरवार क्षेत्रमा पहिला प्रवेश गर्ने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले शुक्रबार बिहान पाटन दरवार क्षेत्रमा सबै भन्दा पहिलो आउने ३० जना पर्यटकहरुलाई टोपी र दोसल्ला ओढाएर स्वागत गर्दै प्रवेश पास समेत वितरण गरिन् ।

शुरुमा आउने ३० पर्यटकहरुलाई प्रबेश पासका अलवा चिया कफीको गिफ्ट भौचर, एक दिनको डिनर कुपन समेत प्रदान गरिएको थियो ।

ललितपुरको कला, संस्कृतिको प्रवर्द्धन गर्दै भिजिट नेपाल २०२० को प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने लक्ष्यका साथ सबैभन्दा पहिला आउने पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।
शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा हाकुपटासीमा सजिएर उपस्थित भएका नेवारी महिलाहरुले धिमे बाजामा परम्परागत नृत्य देखाएर पर्यटकहरुलाई स्वागत गरेका थिए ।

त्यस्तै लाखे नाच समेत प्रदर्शन गरिएको थियो । पर्यटकहरुलाई स्वागत गर्न ज्यापू समाजका अध्यक्ष चन्द महर्जन सहितका प्रतिनिधिहरु, बौद्ध बिहार संघ, चाईनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको प्रतिनिधिहरु उपस्थित भएका थिए ।

पर्यटन दिवसको अवसरमा शुक्रबारदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुट दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका