‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’ | Khabarhub Khabarhub

‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहनुभएका मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै विकासको मार्गका संरचनागत अवरोधले ती देशको समृद्धि र प्रगति दुरुह भएको बताए ।

उनले अन्तर्राष्ट्रिय समुदायबाट बजारसम्मको पहुँचको सुनिश्चितता, भन्सार र गैरभन्सार अवरोध एवं परिमाणात्मक बन्देज हटाउने, क्षमता विस्तार तथा प्रविधि हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ कार्यान्वयनको चार वर्ष पूरा भएको पहिलोचरणको ‘अदिसअबाबा’ कार्यक्रमको कार्यसूचीको स्मरण गराउदै उनले महासभाअन्तर्गतका विकासका लागि लगानी र उच्चस्तरीय राजनीतिक मञ्चमा पनि विश्वका नेताले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति थप काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम कार्यान्वनलाई द्रुत गतिमा अघि बढाउन अपरिहार्य भएको विश्वका नेताहरूको अभिव्यक्ति मन्त्री ज्ञवालीले बैठकमा अवगत गराए ।

“विकास–निर्माणका काममा पर्याप्त लगानी नहुँदा विकासले गति लिन नसकेको, निर्धनतम देशहरू विकासका संरचनागत र आर्थिक अस्थितरतासँगै जलवायु परिवर्तनका दुष्प्रभावबाट गाँजिएका छन्,” मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रका विकासका समस्या प्रष्ट पार्दै भने ।

बिहीबार नै मन्त्री ज्ञवालीले आयरल्याण्डका युरोपेली मामिलाका राज्यमन्त्री हेलेन म्याकेन्टीसँग भेटवार्ता गरेका थिए ।  त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध विषयमा विचारविमर्श भएको थियो ।

त्यसैगरी मन्त्री ज्ञवालीले साङ्घाइ सहयोग सङ्गठन (एससीओ) महासचिव भ्लादिमिर नोरोभसँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्रीलाई महासचिव नोरोभले एससीओका गतिविधि, पर्यवेक्ष र ‘डाइलग पार्टनर’सँग सहयोगका मार्गचित्रबारे जानकारी गराएका थिए । नेपाल एससीओको डाइलग पार्टनर हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : १७ बजे

बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद

सुर्खेत– कर्णालीमा बजेट ल्याउने विषयमा कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ – सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधि

कोशी बजेट : पर्यटन, वातावरण तथा वनलाई २ अर्ब ९७ करोड ६६ लाख विनियोजन

काठमाडौं–कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रदेशका देशका

कोशीको बजेटमा कृषि, उद्योग र सरकारी क्षेत्रलाई २ अर्ब १८ करोड

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि,

कोशी प्रदेशको बजेटमा चिया सम्मेलनका लागि २ करोड विनियोजन

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा चिया