घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट « Khabarhub

घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वायु सेवा सञ्चालक संघले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

संघले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरुले हवाई भाडामा छुट दिन लागेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।

मन्त्री भट्टराईले सार्वजनिक गरेको प्रमुख प्राथमिकतामा कार्यक्रमको बुँदा नं ५९ मा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा गरे ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : ०० बजे

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य