प्रभावित १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै | Khabarhub Khabarhub

प्रभावित १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज ( बुधबार) देखि हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम शुरु गरेको छ ।

सरकारले १५ जिल्लाका करिब ७८ लाख ४९ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए । आम औषधि सेवन कार्यक्रम संचालन गर्न सम्बन्धित जिल्लाका स्थानीय तहमा औषधि पठाइसकेको डा. लाले खबरहबलाई बताए ।

‘फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुदको आम औषधि सेवन कार्यक्रम प्रभावित १५ वटा जिल्लाहरुमा शुरु हुँदैछ, यसवर्षदेखि स्थानीय तहमा नै औषधिहरु गइसकेको छ, स्थानीय तह आफैले आम औषधि वितरण गर्दैछन् ।’

यस वर्ष आम औषधि सेवनका लागि २० करोड ६० लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको र आम औषधि सेवनका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालले जानकारी दिए ।

यी हुन् आम औषधि वितरण हुने जिल्लाहरु 

सरकारले यसवर्ष पाँचथर, इलाम, झापा, धनकुटा,मोरङ, बारा, लमजुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउँदै छ ।

के हो हात्तीपाइले रोग ?

हात्तीपाइले रोग जुका जस्तै (मसिनो धागो आकार)को उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यो सरुवा रोग हो । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

हात्तीपाइले रोगबाट बच्नको लागि नेपालमा दुई थरीको औषधि वितरण हुने गरेको छ । रोगको संक्रमण हुन नदिन र संक्रमितलाई स्वास्थ्यको अन्य जोखिमबाट बचाउन ‘डाइईथाइलकार्बामाजिन’ र अलबेन्डाजोल नामक चक्की निःशुल्क वितरण गर्ने गरेको छ ।

यस्ता व्यक्तिले हात्तीपाइले रोग विरुद्धको औषधि खानु हुँदैन 

– दुई वर्ष नपुगेका शिशू

– गर्भवती तथा ७ दिनसम्मका सुत्केरी महिला

– दैनिक क्रियाकलाप गर्न नसक्ने व्यक्ति

– क्यान्सर, मुटू, कलेजो, मृगौला, फोक्सो सम्बन्धी दिर्गरोगी

– २४ घण्टाभित्रमा ज्वरो आएका बिरामी तथा कडा कुपोषण भएका ५ वर्ष मुनिका बालबालिका

– छारे रोगका बिरामीले हात्तीपाइले रोगको औषधि सेवन गर्न नहुने चिकित्सकहरु बताउछन् ।

हात्तीपाइले रोग विरुद्धको आषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु

खाली पेटमा हात्तीपाइले रोगको औषधि खानुहुंदैन ।

शरीरमा हात्तीपाईले रोगको परजीवि भएका ब्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ ।

यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ ।

ती लक्षणहरु केहि घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ ।

केही गरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २६ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय