राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ « Khabarhub

राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकेदारले रजाइँ गरेको नागरिक दैनिकमा खबर छ । आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’का नाममा सुरुमै रकम दिनुपर्ने कानुनी व्यवस्था छ । ठेकेदारले यही मोबिलाइजेनबापत राज्यको २३ अर्ब ६० करोड रुपैयाँ लगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट सञ्चालित आयोजनाको ठेक्का व्यवस्थापन अवस्थाबारे केही दिनअघि अध्ययन तथा विश्लेषण गरेको थियो । यही अध्ययनले ठेकेदारले कामै सुरु नगरीकन राज्यको अर्बौ रुपैयाँमा रजाइँ गर्ने गरेको देखिएको हो ।

ठूला दलमा कलह शीर्षकको अर्को समाचारमा नेपाली कांग्रेस लफडामा फसेको र नेपाल कम्युनस्टि पार्टी नेकपामा अविश्वास बढेको उल्लेख गरिएको छ ।

त्यस्तै अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल शीर्षकको समाचारमा मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषदबाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ४३ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम