गगन थापा भन्छन् : धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ | Khabarhub Khabarhub

गगन थापा भन्छन् : धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन सहभागी पुगेका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए ।

उनले भने, ‘धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो ।’ धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताए।

तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए । उनका अनुसार मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब २ करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको छ । महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०८ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने