डाक्टरहरुको आन्दोलन– सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द « Khabarhub

डाक्टरहरुको आन्दोलन– सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आन्दोलनरत चिकित्सकहरुले आजबाट देशभरीका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दैछन् ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनरत चिकित्सकले आफ्ना माग पुरा गर्न सरकारलाई मंगलबार ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

‘अस्पतालको सेवा नै बन्द गर्नेगरी आन्दोलन गर्न सरकारले नै हामीलाई बाध्य पारेको हो,’ सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने ‘बुधबारबाट सबै सरकारी अस्पतालमा आकिस्मक बोहका सेवा अनिश्चितकालिन रुपमा बन्द गर्छौं, हाम्रो माग पुरा नभएसम्म अस्पताल खुल्दैन ।’

७२ घण्टासम्ममा पनि सरकार आफ्ना माग प्रति गम्भिर नभए अस्पतालको सेवा ठप्प पारेर आन्दोनलमा उत्रिने सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताएका थिए ।

‘हामीले पटकपटक सचेत गराउनदा पनि सरकारले हाम्रो माग सम्बोधनको लागि प्रयास गरेर, हाम्रो मागलाई सरकारले वेवस्ता गर्‍यो ,’ डा. पाण्डेले खबरहबसँग भने, ‘हामीले बाध्य भएर सरकारलाई अल्टिमेटम दिएका हौं ।’

सरकारले आफ्ना मागहरु सम्बोधनका लागि पहल नगरे सरकारले मनाउने स्वास्थ्य सेवा दिवस बहिस्कार गर्ने, आकस्मिक बाहेकका स्वास्थ्यसेवा अनिश्चितकालिन रुपमा बन्द गर्ने डा पाण्डेको भनाइ छ ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत नभए समायोजन प्रक्रिया नै बहिस्कार गरी सबै सरकारी चिकित्सकले सामुहिक राजिनामा समेत दिने डा पाण्डेले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : १४ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली