डाक्टरहरुको आन्दोलन– सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द | Khabarhub Khabarhub

डाक्टरहरुको आन्दोलन– सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आन्दोलनरत चिकित्सकहरुले आजबाट देशभरीका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दैछन् ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै आन्दोलनरत चिकित्सकले आफ्ना माग पुरा गर्न सरकारलाई मंगलबार ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

‘अस्पतालको सेवा नै बन्द गर्नेगरी आन्दोलन गर्न सरकारले नै हामीलाई बाध्य पारेको हो,’ सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने ‘बुधबारबाट सबै सरकारी अस्पतालमा आकिस्मक बोहका सेवा अनिश्चितकालिन रुपमा बन्द गर्छौं, हाम्रो माग पुरा नभएसम्म अस्पताल खुल्दैन ।’

७२ घण्टासम्ममा पनि सरकार आफ्ना माग प्रति गम्भिर नभए अस्पतालको सेवा ठप्प पारेर आन्दोनलमा उत्रिने सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताएका थिए ।

‘हामीले पटकपटक सचेत गराउनदा पनि सरकारले हाम्रो माग सम्बोधनको लागि प्रयास गरेर, हाम्रो मागलाई सरकारले वेवस्ता गर्‍यो ,’ डा. पाण्डेले खबरहबसँग भने, ‘हामीले बाध्य भएर सरकारलाई अल्टिमेटम दिएका हौं ।’

सरकारले आफ्ना मागहरु सम्बोधनका लागि पहल नगरे सरकारले मनाउने स्वास्थ्य सेवा दिवस बहिस्कार गर्ने, आकस्मिक बाहेकका स्वास्थ्यसेवा अनिश्चितकालिन रुपमा बन्द गर्ने डा पाण्डेको भनाइ छ ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत नभए समायोजन प्रक्रिया नै बहिस्कार गरी सबै सरकारी चिकित्सकले सामुहिक राजिनामा समेत दिने डा पाण्डेले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : १४ बजे

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म

उपनिर्वाचनको मतगणना  जारी इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

काठमाडौं – सरकार र निजी क्षेत्रद्वारा आयोजित लगानी सम्मेलनको पहिलो

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,