अजयको ‘टोटल धमाल’ ले पाँच दिनमा कति कमायो ? « Khabarhub

अजयको ‘टोटल धमाल’ ले पाँच दिनमा कति कमायो ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘टोटल धमाल’ रिलिजपछि दर्शकको राम्रो साथ पाएको छ । अनिल कपूर, माधुरी दीक्षित, अजय देवगन लगायतका स्टारको अभिनय रहेको कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा पनि कमालको व्यापार गरेको छ ।

बक्स अफिस इन्डियाको आँकडा अनुसार यो फिल्मले पाँचौ दिनमा झण्डै ८ करोड २५ लाख बराबरको कलेक्सन गरेको हो । फिल्मले अहिलेसम्म ७९ करोड भारुको कुल कलेक्सन गरेको छ ।

अजय देवगनको फिल्म ‘टोटल धमाल’ उत्तर प्रदेश, गुजरात, बिहार र सेन्ट्रल एरियामा बढी रुचाइएको छ । कमाइका आधारमा यो फिल्मले यसै साता सय करोड कमाउने अनुमान गरिएको छ ।

यो फिल्मले शुक्रवार १६ करोड पचास लाख भारु, शनिवार २० करोड ४० लाख भारु, आइतवार २५ करोड ५० लाख भारु र सोमवार ९ करोड ८५ लाख कलेक्सन गरेको हो ।

फिल्म झण्डै सय करोडको बजेटमा निर्माण भएको थियो । धमाल सिरिजको पहिलो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको