अजयको ‘टोटल धमाल’ ले पाँच दिनमा कति कमायो ? | Khabarhub Khabarhub

अजयको ‘टोटल धमाल’ ले पाँच दिनमा कति कमायो ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘टोटल धमाल’ रिलिजपछि दर्शकको राम्रो साथ पाएको छ । अनिल कपूर, माधुरी दीक्षित, अजय देवगन लगायतका स्टारको अभिनय रहेको कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा पनि कमालको व्यापार गरेको छ ।

बक्स अफिस इन्डियाको आँकडा अनुसार यो फिल्मले पाँचौ दिनमा झण्डै ८ करोड २५ लाख बराबरको कलेक्सन गरेको हो । फिल्मले अहिलेसम्म ७९ करोड भारुको कुल कलेक्सन गरेको छ ।

अजय देवगनको फिल्म ‘टोटल धमाल’ उत्तर प्रदेश, गुजरात, बिहार र सेन्ट्रल एरियामा बढी रुचाइएको छ । कमाइका आधारमा यो फिल्मले यसै साता सय करोड कमाउने अनुमान गरिएको छ ।

यो फिल्मले शुक्रवार १६ करोड पचास लाख भारु, शनिवार २० करोड ४० लाख भारु, आइतवार २५ करोड ५० लाख भारु र सोमवार ९ करोड ८५ लाख कलेक्सन गरेको हो ।

फिल्म झण्डै सय करोडको बजेटमा निर्माण भएको थियो । धमाल सिरिजको पहिलो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : ५० बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।